स्वास्थ्यकर्मीहरुलाइ ७ दिने बृहत पोषण सम्बन्धि क्षमता अभिबृद्धि तालिम प्रदान


रिकोड, जेठ ११, २०८०


ग्रामीण सामुदायिक संस्था विकास (रिकोड) र बागमती गाउँपालिकाको सयुक्त आयोजनामा बागमती गाउँपालिका भित्रका स्वास्थ्यकर्मीहरुलाई ७ दिने बृहत पोषण सम्बन्धि क्षमता अभिबृद्धि तालिम जनभावना क्याम्पसको हलमा सञ्चालन गरियो । उक्त तालिममा पालिका भित्रका १६ जना स्वास्थ्यकर्मिहरुको सहभागीता रहेको थियो । उदघाटन तथा समापन समारोह गाउँपालिकाका अध्यक्ष श्री बिर बहादुर लोप्चनको अध्यक्षतामा र उपाध्यक्ष श्री भक्त बहादुर दर्लामी मगरको प्रमुख आतिथ्यतामा गरियो । उक्त समारोहमा रिकोडका कार्यकारी निर्देशक श्री रामहरि घिमिरे, र जनभावना क्याम्पस प्रमुख श्री शिवराज सञ्जेलको उपस्थिती रहेको थियो । गाउँपालिकाले गर्भवती जाँच, सुत्केरी जाँच, बालबालिकाहरुको तौल अनुगमन, पुर्ण खोप तथा स्वास्थ्य संस्थामा सुत्केरी गराउने अभ्यासमा बृद्धि गराउने जस्ता कृयाकलापका लागि सहयोग तथा सहकार्य गर्ने बताउनु भयो । तालिममा सहभागीहरुले आ–आफ्नो वडामा गई महिला स्वयमसेविका तथा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका सदस्यहरुलाई आफुले सिकेका कुरा सिकाउन रिकोडसंग सहकार्य गर्ने बताउनु भयो । ७ दिने तालिम अवधिमा जिल्ला जनस्वास्थ्य कार्यालयबाट समेत अनुगमन गरि आवस्यक सल्लाह र सुझाब दिनु भएको थियो । 

Powered by Instack Technologies Pvt. Ltd.