रिकाेडकाे २८ औं साधारण सभा सम्पन्न


ललितपुर, असोज २३ गते आइतवार, ग्रामीण सामुदायिक संस्था विकास (रिकोड) को २८ औं साधारण सभा संस्थाका अध्यक्ष प्रा.डा. शेषानन्द सञ्जेलको अध्यक्षतामा जनभावना क्याम्पस चापागाउँमा सम्पन्न गरियो । रिकोडका सचिव श्री लक्ष्मि प्रसाद तिमल्सिनाले कार्यक्रम सञ्चालन गर्नुका साथै उपाध्यक्ष श्री हरिबोल बजगाईल स्वागत मन्तव्य राख्नु भएको थियो । अध्यक्षले आर्थिक वर्ष २०७८/०७९को बार्षिक प्रगती प्रतिवेदन र कोषध्यक्ष श्री रचना महर्जनले वित्तिय विवारण प्रस्तुत गर्नु भयो । उक्त सभामा रिकोडका कर्मचारी, हनी गुरुङ, डा. दिक्षान्त मल्ल र कुञ्जना पाण्डेले, साधारण सदस्यबाट सुसिला चौरेलले, कार्यकारी निर्देशक रामहरि घिमिरेले तथा सल्लाहकार कृष्ण बहादुर रावल, डिल्लि प्रसार घिमिरे र शिवराज सञ्जेलले शुभकामना मन्तव्य राख्नु भएकाे थियो । सभाले अध्यक्षको प्रतिबेदन र कोषाध्यक्षको प्रतिवेदनमाथि छलफल गरि अनुमोदन गर्नुका साथै चालु आर्थिक वर्ष २०७९/०८० को  कार्यक्रम तथा बजेट स्विकृति गर्यो । उक्त सभाले आ.व. २०७८/०७९ को लेखापरिक्षण प्रतिवेदन स्विकृत गर्नुका साथै कर्मचारी सेवा नियमावली (आठौं संसोधन २०७९), आर्थिक प्रसासन नियमावली (चौंथो संसोधन २०७९), Policy against fraud, bribery and corruption, पाँचौ रणनिति योजना (२०२२—२०२६) र संस्थागत विकास योजना २०७९ लाई अनुमोदन गर्यो । सदस्यहरुलाई अझ समाबेशी बनाउदै लैजानुका साथै चालु आर्थिक वर्षमा १० जना नयाँ सदस्य समेत थप गर्ने निर्णय गरियो । हाल सञ्चालित खाद्य सुरक्षा तथा पोषण परियोजना, आपसि सिकाई परियोजना र स्वयमसेवक परिचालन परियोजनालाई निरन्तरता दिने र जलवायु परिवर्तन तथा जेष्ठ नागरिक परियाेजना नर्माणका लागि सम्भाव्यता अध्ययन गर्नुका साथै  प्रस्तावना निर्माण गर्ने निर्णय गरियो ।     


शुभकामनाका क्रममा वक्ताहरुले संस्थाका गतिविधिहरुलाई अझ बढि समुदाय केन्द्रित गनपर्ने, सरकारी निकाय तथा अन्य साझेदार संघसंस्थाहरुसंग समन्वय, सहकार्य र साझेदारिता अभिबृद्धि गर्नुपर्ने, निजि क्षेत्रसंग Corporate Social Responsibility fund  परिचालनका लागि साभेदारिता गर्नु पर्ने, अन्य जिल्लामा पनि नमुना परियोजनाहरु सञ्चालन गर्नु पर्ने, उपलव्धि प्रस्तुत गर्दा संख्यात्मक तथा सूचकहरु समेत समावेश गरिनु पर्ने साथै संस्थाको गुनासो सुनवाई संयन्त्रलाई अझ बढि प्रभावकारी बनाउनु पर्नेमा जोड दिनु भएको थियो । साधारण सदस्य तेज प्रसाद बजगाईं र गिरी प्रसाद तिमल्सिनाले कर्मचारीहरुलाई विरामी बिदाको भुक्तानी के कसरी गर्ने भन्ने बारेमा थप स्पष्ट हुनु पर्ने र कर्मचारीहरुको तलवमान निर्देशिकामा भन्दा पनि अनुसुचीमा संलग्न गरिनु पर्ने जस्ता सुझावहरु दिनुभयो। 

Powered by Instack Technologies Pvt. Ltd.