देविचाैर, घुसेल र माल्टामा खाद्य सुरक्षा तथा पाेषण सुधार परियाेजनाकाे अनुगमन गरियाे


ललितपुर मंशिर १ गते, बिहिवार,

यस संस्थाबाट सञ्चालित खाद्य सुरक्षा तथा पोषण परियोजनाको कोषाध्यक्ष श्री रचना महर्जन र कार्यकारी निर्देशक श्री रामहरि घिमिरेद्वारा मिति २०७९ साल कार्तिक २२ गते घुसेल, २३ गते देविचौर र २८ गते माल्टामा अनुगमन गरियो । अनुगमनका क्रममा वडा अध्यक्ष, जन प्रतिनिधिहरु, शिक्षक, महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्यकर्मि, साथी शिक्षक तथा आमा समुहका सदस्यहरुसंग अन्तक्रिया गरिएको थियो । अन्तक्रियाका क्रममा यस संस्थाले सञ्चालन गरि रहेको परियोजनाको लक्ष्य तथा उद्देश्य लगायत सुधार गर्नुपर्ने विषयहरुमा छलफल गरिएको थियो । यसै क्रममा फिल्डमा कार्यरत कर्मचारीहरुको कार्य दक्षताको बारेमा समेत सम्बन्धित सरोकारवालाहरुसंग छलफल गरियो । अन्तरक्रियाको क्रममा स्वास्थ्य संस्थाका इन्चार्जहरुले स्वास्थ्य संस्थाको सेवालाई अझ विस्तार गर्दै गुणस्तरीय र प्रभावकारी बनाउँने लक्ष्य रहेको बताउनु भयो र त्यसका लागी स्थानिय तह, वडा तथा रिकोड समक्ष आवश्यक सहयोग गर्नको लागि अनुरोध समेत गर्नुभयो । 


Powered by Instack Technologies Pvt. Ltd.