MCC Nepal र RICOD बाट फिल्ड भ्रमण तथा परियोजना अनुगमन


यस संस्थाबाट सञ्चालित खाद्य सुरक्षा तथा पोषण परियोजनाको मंसिर १९ गते देखि २१ गतेसम्म संयुक्त रुपमा MCC Nepal RICOD बाट फिल्ड भ्रमण तथा परियोजना अनुगमन गरियो ।  उक्त अनुगमन मंसिर १९ गते देविचौर र घुसेल, २० गते इकुडोल र २१ गते प्युटारमा गरियो । अनुगमनमा एमसिसि नेपालका देशिय प्रतिनिधि Luke Jantzi र कार्यक्रम संयोजक Durga Sunchiuri का साथै रिकोड  कार्यसमिति सदस्य बेदबहादुर लामा, कार्यकारी निर्देशक रामहरि घिमिरे, परियोजना संयोजक कुञ्जना पाण्डे र रिसर्चर Evan Strong सहभागी हुनु भयो । स्वास्थ्य चौकीका कर्मचारीहरु, जनप्रतिनिधिहरु, शिक्षक, कृषक, महिला सामुदायिक स्वास्थ्य स्वयंम् सेविकाहरु साथै आमा समूहका सदस्यहरुसंग छलफल गरियो । भ्रमणका क्रममा परियोजनाका लाभग्राहीहरुसँग घरभेट गरी छलफल तथा अन्तक्रिया गरियो साथै पशुपालन तथा करेशावारीको अवलोकन तथा परियोजनाको प्रभावका बारेमा समेत छलफल भयो । उक्त अनुगमन भ्रमण प्रश्चात संस्थाको कार्यालयमा चापागाउँमा बैठक बसी पाईएका कुराहरु, राम्रा पक्ष र सुधारयोग्य पक्षका बारेमा समेत छलफल गरियो ।

Powered by Instack Technologies Pvt. Ltd.