रिकाेडबाट अन्तरक्रिया कार्यक्रममा सहभािगता


ललितपुर माघ ११, २०७९


गोदावरी नगरपालिका सामाजिक विकास शाखाको आयोजनामा गोदावरी नगरपालिका क्षेत्र भित्र महिला र बालबालिकाहरूको क्षेत्रमा कार्य गर्ने गैर सरकारी संघ संस्थाहरू र नगरपालिका प्रतिनिधिहरू बिच मिति २०७९/१०/११ गते नगरपालिकाको सभा हलमा “अन्तरक्रिया कार्यक्रम २०७९” आयोजना भयो । उक्त कार्यक्रममा रिकोडबाट परियोजना संयोजक कुञ्जना पाण्डेको सहभागीता रहेको थियो । विभिन्न २४ संस्थाहरु गरी जम्मा ३१ जना सहभागी रहेको अन्तरक्रिया कार्यक्रमको मुख्य उद्धेश्य गोदावरी नगरपालिका भित्र संचालीत गैर सरकारी संघ संस्थाहरू र नगरपालिका बिच सुमधुर सम्बन्ध तथा समन्वय विस्तार गर्नु रहेको थियो ।


उक्त कार्यक्रममा गोदावरी नगरपालिका उपमेयर श्री मुना अधिकारीले संघ संस्थाहरू र गोदावरी नगरपालिका विच हातेमालो गर्दै सहकार्य गरेमा श्रोतहरुको सहि सदुपयोग हुनुका साथै त्यसको नतिजा पनि राम्रो हुने बताउनु भयो । समन्वयमा कार्य गर्दा एक अर्काको अनुभवबाट पनि सिकाई हुने कुरा सामाजिक विकास सल्लाहकार श्री वशिष्ठ अधिकारीले प्रस्टाउनु भयो । समग्रमा अन्तरक्रिया कार्यक्रम अत्यन्त प्रभावकारी र नगरपालिकाका साथै उपस्थित गैर सरकारी संघ संस्थाहरूले यसलाई निरन्तरता दिई समन्वयमा काम गर्नुपर्ने निष्कर्षका साथ कार्यक्रम समापन गरियो ।


Powered by Instack Technologies Pvt. Ltd.