महिला सामूदायिक स्वास्थ्य स्वयंसेविकाहरूकोअनुभव आदान प्रदान बैठक सञ्चालन
यस संस्थाबाट सञ्चालित खाद्य सुरक्षा तथा पोषण सुधार परियोजना सञ्चालित वडाहरूमध्ये बागमती गाउँपालिकाका ४ वटा वडाहरू र गोदावरी नगरपालिकाको १ वडा गरि जम्मा ५ वडाका महिला सामूदायिक स्वास्थ्य स्वयंसेविकाहरूको १ दिने अनुभव आदान प्रदान बैठक सञ्चालन भयो । उक्त बैठक ३ समूहमा सञ्चालन भएको थियो । उक्त बैठकमा माल्टा, भट्टेडाँडा, प्यूटार, ईकुडोल र देविचौरका गरी जम्मा ४2 जना महिला सामूदायिक स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थित रहेको थियो । बैठकमा खाद्य सुरक्षा तथा पोषण सुधार परियोजनाका उपलव्धिहरूको दिगोपनाका लागि कार्ययोजना निर्माण गर्नुका साथै महिला सामूदायिक स्वास्थ्य स्वयंसेविकाहरूले परियोजनामा पु¥याउनु भएको योगदानको उच्च कदर गर्दे संस्थाको तर्फबाट प्रसंशा पत्र समेत प्रदान गरिएको थियो ।