आयआर्जन कोष अनुगमन समिति गठन
बागमती, ३० साउन,
यस संस्थाद्वारा “खाद्य सुरक्षा तथा पोषण सुधार परियोजना” सञ्चालित बागमती गाउँपालिकाका ४ वटा वडाहरू (माल्टा, भट्टेडाँडा, प्यूटार र इकुडोल) र गोदावरी नगरपालिकाको वडा नं. ७ (देविचौर) मा आयआर्जन कोष अनुगमन समिति गठन गरियो । उक्त परियोजना सन् २०२२ अप्रिल १ देखि सञ्चालनमा रहेको छ ।
परियोजना सञ्चालनका क्रममा सबै वडाका आमा समूहहरुलाई प्रति समूह ५० हजार देखि ७५ हजारसम्म आय आर्जनका लागि घुम्ति कोष सहयोग गरिएको थियो । उक्त परियोजना ३१ सेप्टेम्बर, २०२५ बाट सम्पन्न हुँदैछ । परियोजना समाप्ति पछि पनि आयआर्जन कोषको निरन्तरता कायम राख्न, उक्त वडाहरूमा अनुगमन समिति गठन गरिएको हो । समिति गठनका क्रममा जनप्रतिनिधिहरुका साथै स्वास्थकर्मि, सहकारीका प्रतिनिधि, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लगायत सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो ।
सम्बन्धित वडा कार्यालयमा सम्पन्न भएको बैठकबाट प्रत्येक वडामा वडा अध्यक्षको संयोजकत्वमा ५ देखि ७ सदस्यीय समिति गठन गरिएको छ । उक्त समितिले परियोजनाबाट सञ्चालित आयआर्जन कोषहरूको नियमित अनुगमन, समन्वय र मूल्यांकन जस्ता कार्यहरु गर्नेछ । यस परियोजना अन्तर्गत सञ्चालन गरिएका क्रियाकलापहरुले लक्षित समुदायको दीगो आर्थिक सुधार ल्याउने अपेक्षा गरिएको छ ।