New published in Sabdapati about the speech competition


ललितपुर । बाल दिवसको अवसरमा ग्रामिण सामुदायिक विकास संस्था रिकोडको संयोजनमा श्री देवी मावि देविचौर ललितपुरमा लैङ्गिक समानताको व्यवहारिक प्रयोग र यसका चुनौतिहरु विषयमा वक्तृत्त्वकला प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ११ र १२ का विद्यार्थीहरुबीच सम्पन्न प्रतियोगितामा प्रविना तामाङ प्रथम, गणेश बजगाँई द्वितीय र लक्ष्मी तामाङ तृतीय भएका छन् । विजयी छात्रछात्राहरुलाई विद्यालयका प्रधानाध्यापक हरिबहादुर चौहान र रिकोड प्रतिनिधि गिता तिमल्सिनाले स्कुल व्याग तथा शैक्षिक सामग्री तथा पुरस्कार वितरण गरेका छन् । श्री देवी माविका शिक्षक रामेश गौतमले सामुदायिक स्कुलको शिक्षाको विकास गर्न तथा शैक्षिक गुणस्तर बढाउन विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप आवस्यक पर्ने बताए ।


Powered by Instack Technologies Pvt. Ltd.