News published in Pranamkhabar.com about the speech competition at Devichour


ललितपुर । ५८ औँ बाल दिवसको अवसरमा ग्रामीण सामुदायिक संस्था विकास (रिकोड)को संयोजनमा गोदावरी नगरपालिका–७, देवीचौरका दुई ओटै माविमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ ।

देवीचौरको श्री देवी माविमा लैङ्गिक समानताको व्यवहारिक प्रयोग र यसका चुनौतिहरु विषयमा र बुरुञ्चुलीको श्री भिमसेन आदर्श माविमा लैङ्गिक समानता विषयमा वक्तृत्वकला प्रतियोगिता गरिएको हो ।

देवी माविमा सम्पन्न प्रतियोगितामा प्रविना तामाङ पहिलो, गणेश बजगाँई दोस्रो र लक्ष्मी तामाङ तेस्रो भएका विद्यालयका शिक्षक रामेश गौतमले जानकारी दिए ।
विजयी छात्रछात्रालाई विद्यालयका प्रधानाध्यापक हरिबहादुर चौहान र रिकोडकी समुदाय सहजकर्ता गीता तिमल्सिनाले झोला तथा शैक्षिक सामग्री पुरस्कारस्वरूप वितरण गरेका छन् ।

भिमसेन आदर्श माविमा सम्पन्न प्रतियोगितामा पूर्णिमा तामाङ पहिलो, आर्कति तामाङ दोस्रो र स्मारिका तामाङ तेस्रो भएको विद्यालयका शिक्षक दिपक दुलालले जानकारी दिए । विजयी प्रतियोगीलाई विद्यालयका प्रधानाध्यापक आत्मराम घिमिरे र रिकोडकी समुदाय सहजकर्ता गीता तिमल्सिनाले झोला तथा शैक्षिक सामग्री पुरस्कारस्वरूप वितरण गरेका छन् ।


Powered by Instack Technologies Pvt. Ltd.