४३ औं समाज कल्याण दिवसमा रिकाेडकाे सहभागिता


काठमाडौं असोज ६ गते विहिवार, 

भृकुटीमण्डप प्रर्दशनी सभा हलमा करीब ४० संघ संस्थाहरुको सहभागीतामा ४३ औं समाज कल्याण दिवस मनाइयो। ग्रामीण सामुदायिक संस्था विकास (रिकोड), मेनोनाइट सेन्ट्रल कमिटि नेपाल  र शान्ति नेपालको  साझेदारीतामा ३ समुहका पोषिलो खानाको प्रदर्शनी गर्नुका साथै सुचना, शिक्षा तथा सञ्चार सामाग्रीहरू स्टल स्थापना गरि  वितरण गरियो । उक्त कार्यक्रममा करीव ३०० जना आगनतुकहरुबाट अवलोकन गरेका थिए।  यसै क्रममा रिकोडले पत्रु खानाको असर सम्बन्धी २५० वटा ब्रोसर वितरण गरियो । उक्त प्रर्दशनीमा  रिकोडबाट पव्लीक हेल्थ अफिसर हनी गरूङ र कार्यालय सहायक लक्ष्मी कपालिका साथै मेनोनाइट सेन्ट्रल कमिटि नेपाल र शान्ति नेपालका कर्मचारीहरूको समेत उपस्थिति रहेको थयो । 

Powered by Instack Technologies Pvt. Ltd.