महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई ३ दिने सिकाई आदान प्रदान तथा अभिमुखिकरण कार्यक्रम सञ्चालन


ललितपुर मंशिर १२ गते, सोमवार,


      यस संस्थाबाट नर्वेजियन एजेन्सि फर एक्चेन्ज कोअपरेशनको सहयोगमा सञ्चालित आपसि सिकाई परियोजना अन्तर्गत गोटीखेल र चापागाउँका १७ जना महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई ३ दिने सिकाई आदान प्रदान तथा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरियो । २०७९ साल मंसिर ९ गते देखि ११ गतेसम्म सञ्चालित उक्त कार्यक्रमा मकवानपुरको थाहा नगरपालिका चित्लाङ स्वास्थ्य चौकिका कर्मचारी तथा स्वयकाहरुसंग अन्तक्रिया गरिएको थियो । यसै क्रममा महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई नेपाल सरकारको “राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका कार्यक्रम रणनीति २०६७ (पहिलो संसोधन २०७६) को अभिमुखिकरण गरियो । सहभागीहरुबाट मकवानपुरको चित्लाङ, बज्रवाराही, पालुङ, मार्खु र कुलेखानीको भ्रमण समेत गरेका थिए । उक्त कार्यक्रममा महिला स्वयम् सेविकाहरुका साथै गोदावरी नगरपालिकाका जनस्वास्थ्य निरक्षक, रिकोडका पुर्व अध्यक्ष, रिकोडका कोषाध्यक्ष लगायत आपसि सिकाई परियोजनाका कर्मचारीहरु गरि जम्मा २४ जनाको सहभागीता रहेको थियो । 

Powered by Instack Technologies Pvt. Ltd.