महिला सामूदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई पोषण, स्वास्थ्य तथा स्वच्छता तालिम


महिला सामूदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई  पोषण, स्वास्थ्य तथा स्वच्छता सम्बन्धि तीन दिने तालिम सम्पन्न 


ललितपुर पुस १४, विहिवार,


यस संस्थाबाट सञ्चालित खाद्य सुरक्षा तथा पोषण सुधार परियोजना अन्तगर्त बागमती गाउँपालिकाको वडा नं. २ माल्टा र वडा नं. ३ भट्टेडाँडाका महिला सामूदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई ३ दिने पोषण, स्वास्थ्य  तथा स्वच्छता सम्बन्धि तालिम सञ्चालन गरियो । उक्त तालिम २०७९ साल पौष ११ गते देखि १३ गते सम्म आनन्दवन तालिम केन्द्र, टिकाभैरवमा सञ्चालन गरिएको थियो । उक्त तालिममा नेपाल सरकारको “राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम रणनीति २०६७ (पहिलो संसोधन २०७६) को अभिमुखिकरण गर्नुका साथै पोषण, स्वास्थ्य तथा स्वच्छता सम्बन्धी विविध विषयवस्तुहरुमा छलफल गरियो ।


उक्त तालिममा माल्टा र भट्टेडाँडाका १६ जना महिला सामूदायिक स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति रहनुका साथै भट्टेडाँडा स्वास्थ्य चौकीका कर्मचारी, माल्टा स्वास्थ्य चौकीका इन्चार्ज, पोषण विद लगायत परियोजनाका कर्मचारीहरु र रिकोडका कार्यकारी निर्देशकको समेत उपस्थिति रहेको थियो । 


Powered by Instack Technologies Pvt. Ltd.