गोदावरी नगरपालीकाबाट देविचाैरमा रिकाेडद्वारा सञ्चालित खाध्य सुरक्षा तथा पाेषण परियाेजनाकाे अनुगमन


ललितपुर फागुन १ गते,

यस संस्थाबाट संचालित खाद्य सुरक्षा तथा पोषण सुधार परियोजनाको २०७९ साल माघ २९ गते गोदावरी नगरपालीकाबाट वडा नं ७ देविचौरमा फिल्ड भ्रमण तथा अनुगमन गरियो । उक्त अनुगमनमा गोदावरी नगरपालीकाका उपमेयर श्री मुना अधिकारी ज्यू, सामाजिक शाखा प्रमुख श्री सन्त बहादुर देसार, शिक्षा शाखा प्रमुख श्री दिनानाथ पन्थी, कृषि शाखा प्रमुख श्री कोकनाथ घिमिरे, स्वास्थ्य शाखा प्रतिनिधि श्री लता देवकोटा, महिला वालवालिका तथा जेष्ठ नागरिक शाखा प्रतिनिधि श्री प्रेम कुमारी राईका साथै रिकाेडको कोषाध्यक्ष श्री रचना महर्जन, परियोजना संयोजक श्री कुञ्जना पाण्डे र देविचौरका समुदाय सहजकर्ता श्री गीता तिमल्सिना सहभागी हुनुभयो । भ्रमणका क्रममा परियोजनाका लाभग्राहीहरु (आमा समूह ) संग प्रत्यक्ष भेटघाट गरी छलफल गर्नुको साथै विद्यालयको पनि अनुगमन गरियो । अनुगमनकै क्रममा उपमेयर, सामाजिक शाखाका प्रमुख तथा सम्बन्धित साखाबाट छलफलको आधारमा सल्लाह सुझाव दिनु भयाे । 


Powered by Instack Technologies Pvt. Ltd.