बागमती गाउँपालीकाबाट खाध्य सुरक्षा तथा पाेषण सुधार परियाेजनाकाे अनुगमन


ललितपुर फागुन १३,


यस संस्थाबाट संचालित खाद्य सुरक्षा तथा पोषण सुधार परियोजनाको २०७९ साल फाल्गुन १२ गते बागमती गाउँपालीका बाट वडा नं १ घुसेलमा फिल्ड भ्रमण तथा अनुगमन गरियो । उक्त अनुगमनमा बागमती गाउँपालीकाका उपाध्यक्ष श्री भक्त बहादुर दर्लामी मगर, प्रमुख प्रशासकीय अधिकृत श्री रामदत्त भट्ट, वडा नं १ का वडा अध्यक्ष श्री ज्ञानबहादुर लो, कार्यपालिका सदस्य श्री रमेश घले, स्वास्थ्य शाखा संयोजक श्रीसमिर श्रेष्ठ, महिला वालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख श्री अम्बाआचार्य बास्तोला ,शिक्षा शाखा प्रतिनिधि श्री सीता पाण्डेय, कृषि शाखा प्रतिनिधि श्री अस्मीता तिम्सीना, भेटनरी शाखा प्रतिनिधि श्री विवेचना विष्ट, स्वास्थ्य शाखा प्रतिनिधि श्री रन्जिता बस्नेत, सूचना अधिकृत श्री मिलन शर्मा घिमिरेका साथै रिकोडको कोषाध्यक्ष श्री रचना महर्जन, परियोजना संयोजकश्री कुञ्जना पाण्डे,  पशु सेवा प्राविधिक श्याम सञ्जेल र घुसेलका समुदाय सहजकर्ता श्री केशव गौतम सहभागी हुनुभयो । भ्रमणका क्रममा परियोजनाका लाभग्राहीहरु (आमा समूह ) संग प्रत्यक्ष भेटघाट गरी छलफलगर्नुको साथै विद्यालय, स्वास्थ्य संस्थाको समेत अनुगमन गरियो । अनुगमन पश्चात सहभागीहरूबाट सल्लाह सुझाव समेत दिनु भएकाे थियाे । 

Powered by Instack Technologies Pvt. Ltd.