ललितपुरमा आगलागीबाट क्षति भएका दुई परिवारलाई राहत सामाग्री वितरण


ललितपुर, बैसाख २६ गते मंगलवार


२०७९ साल चैत्र २९ गते महाङ्काल गाउँपालिका वडा नं. ६ ठुलादुर्लुङमा भएको आगलागीबाट सुकुमार गोलेको र २०८० साल बैशाख ९ गते बागमती गाउँपालिका वडा नं. ३ भट्टेडाँडामा भएको आगलागीबाट रामशरण सापकोटाको घरगोठ पुर्णरुपमा क्षती हुनाको साथै खाद्यन्न, भाडाकुडाँ तथा लत्ताकपडा समेत जल्यो । उक्त आगलागीबाट क्षति भएका दुई परिवारलाई ग्रामीण सामुदायिक संस्था विकास रिकोडबाट यहि बैसाख २६ गते राहत सामाग्री वितरण गरियाे ।


यस संस्थाले मेनोनाईट सेन्ट्रल किमिटीसंगको सहकार्यमा आगलागी भएका परिवारलाई चामल, दाल, नुन, चिनी, कुकर, कराई, थाल, कचौरा, डाडुपन्यौ, फिल्टर, डसना, ब्लाङकेट, तकिया, तन्ना, तौलिया, साबुन र सरफ लगायत सरसफाईका सामाग्रीहरु सहयोग गरेकाे छ । सामाग्री हस्तान्तरणका क्रममा बागमती गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर दर्लामीमगरको भट्टडाँडामा र वडा सदस्य राजकुमार घिमिरेको ठुलादुर्लुङमा उपस्थितिमा रहेको थियो ।  

Powered by Instack Technologies Pvt. Ltd.