बागमती गाउँपालीकामा परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न


रिकोड, जेष्ठ २, २०८०


यस संस्थाबाट संचालित खाद्य सुरक्षा तथा पोषण सुधार परियोजनाकाे २०८० साल जेष्ठ २ गते  बागमती गाउँपालीकामा परियोजना सल्लाहकार समितिको बैठक बस्याे । उक्त बैठककाे अध्यक्षता बागमती गाउँपालीकाका उपाध्यक्ष  श्री भक्त बहादुर दर्लामी मगरले गनुभयाे । उक्त बैठक पालिकाका अध्यक्ष श्री बिर बहादुर लाेप्चनकाे प्रमुख अतिथ्यतामा बसेकाे थियाे । बैठकमा बागमती गाउँपालिका वडा अध्यक्षहरू लगायत शिक्षा शाखा, कृषि शाखा, स्वास्थ्य शाखा, पशु शाखा, र महिला तथा वालवालिका शाखाबाट सहभागी हुनुभयाे । उक्त बैठकमा रिकाेडका कोषाध्यक्ष श्री रचना महर्जन, कार्यकारी निर्देशक श्री रामहरी घिमिरे लगायत परियोजनाका कर्मचारीहरूकाे उपस्थिती रहेकाे थियाे । समग्रमा रिकोडले राम्रो काम गरेको तथापि समन्वय र रिपोटि∙मा भने अझ सुधार गर्नुपर्ने सुझाव दिँदै आगामी वर्षहरुमा पालीकासंग साझेदारीमा काम गर्ने  निर्णय गरियाे । 

Powered by Instack Technologies Pvt. Ltd.